रोशनी शाहीले बोली फेरिन्- महरा मेरो डेरामा आउनु भएकै थिएन्, मिडियाले गलत लेखे

Advertisement

काठमाडौं । आफूमाथि सभामुख कृष्णबहादुर महराले रक्सीको नाशामा बलात्कार गरेको आरोप लगाएकी संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले आफ्नो बोली फेरेकी छन् । नागरिक खबर डटकम नाम गरेको अनलाइनसँग भिडिया अन्तरवार्ता दिँदै उनले महरा आफ्नो डेरामा आउँदै नआएकी तर्क गरेकी छन् । शाहीले महरा बाबु समानको व्यक्ति भएको उनीसँग बाबु छोरीको सम्वन्धमा शंका गर्न नमिल्ने भन्दै मिडियाले हुँदै नभएको तर्क गरेकी छन् । भिडियोमा उनी निकै दबाबमा देखिन्छिन् । यसअघिको भिडियो अन्तरवार्तामा शाहीले महरा रक्सीको बोतलसहित मदिरा खाएर आफ्नो डेरामा आएको, आएर दशैं मनाउनुपर्छ भन्दै रक्सी खान दबाब दिएको र मातेपछि आफूमाथि बलात्कार गरेको बताएकी थिएन् । उनले भिडिया अन्तरवार्ता दिइरहँदा महराको पटक पटक फोन आइरहेको समेत देखाएकी थिएन् ।

Advertisement

यद्यपि बुधबार भने उनले त्यो सबै कुरामा सत्यता नभएको भन्दै महरा र आफूबीचको सम्वन्धमा शंका गर्न नहुने बताइन् । शाहीले यसअघि हाम्रा कुरा डटका प्रतिनिधि जबरजस्ती आएर सोधेको र गलत कुराहरु लेखेको तर्क गरिन् । उनले भाँचिएको चश्मा महराको नभई आफनो श्रीमानको भएको भन्दै अनौठो तर्क गरिन् । साथै, उनले आफू आठ बर्षदेखि डिप्रेसनमा रहेको तर्क गरेकी छन् । हेर्नुहोस भिडियोः

Advertisement

Advertisement