अमेरिका जान चाहानुहुन्छ ? बुधबारदेखि खुल्दैछ 'डीभी' चिट्ठाको आवेदन

Advertisement

काठमाडौं । सपनाको देश भनेर चिनिएको अमेरिका जान चाहनेहरुका लागि प्रत्येक वर्ष अवसरको रुपमा आउने गरेको इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (इडीभी) कार्यक्रम भोली बुधबारदेखि सुरु हुने भएको छ ।

सन् २०२१ का लागि अमेरिकी इलेक्ट्रोनिक डाइभर्सिटी भिषा (इडिभी)का लागि आवेदन फारम खुलेको छ । बुधबार राति १२ बजेबाट इडिभीको आदेवन खुला हुने भएको हो ।

तर परामर्श सेवा, सहयोग र आफ्नोबाट भर्दा चट्ठा पर्ने प्रवल संभावना हुने आकर्षण देखाउँदै शहरका चोक चोकमा पसल र अफिस खोल्ने काम विगतमा हुँदै आएको छ । दूतावासले विगतमा पनि यो विशुद्ध चिट्ठा कार्यक्रम भएको र गोलाप्रथाबाट छनोट हुने भएकोले डिभी पर्ने कसैले ग्यारेन्टी गर्न नसक्ने बताउँदै आएको छ ।

कात्तिक १९ गते राति १२ बजेसम्म आवेदन दिन सकिने छ । यस वर्ष डिभी भर्न पासपोर्ट नम्बर, पासपोर्टको म्याद र इमेल ठेगाना अनिवार्य गरिएको छ ।

यस वर्ष पनि अमेरिकी दूतावासले आवेदन भर्न परामर्शदाताको सहयोग नलिन सल्लाह दिएको छ । आवेदन कसरी दिने भन्ने सन्दर्भमा डिभी कार्यक्रमको आधिकारिक वेभसाइटमा नै सबै जानकारी र तरिका उल्लेख गरिएको छ । अनलाइनमार्फत दर्ता हुने यस्ता आवेदन दर्ता गर्दा एक जनाले एक पटक मात्रै दर्ता गर्नुपर्नेछ । दोहोर्याएर गरिएको आवेदन रद्द हुने जनाइएको छ ।

आवेदन दिने पति वा पत्नीले २१ वर्ष नपुगेका आफ्ना सबै सन्तानको विवरण खुलाएर आवेदन दर्ता गर्नुपर्नेछ । साथै, आवेदकले यसअघिका वर्षमा प्रयोग गरिएकै एउटै तस्विर प्रयोग गर्ने, आवेदन दर्ता भइसकेपछि प्राप्त हुने कन्फमेशन नम्बरलगायतका विवरण सुरक्षित राख्ने काम गर्नुपर्छ । यससम्वन्धी विस्तृत विवरण इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (इडीभी) कार्यक्रमको आधिकारिक वेभसाइट मा गएर हेर्न सकिन्छ ।

आवेदन फारम भर्न कुनै शुल्क नलाग्ने र आफैँ भर्न सकिनेछ । फारम भरिसकेपछि कन्फर्मेसन नम्बर सुरक्षित राख्नुपर्ने हुन्छ ।

Advertisement

Advertisement

Advertisement