काठमाडौं । सत्तासिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले दशै लगत्तै मन्त्रिपरिषद पुनर्गठन गर्ने भएको छ । झण्डै २ वर्ष कार्यकाल सकिनै लाग्दा समेत सरकार प्रति नागरिकको विश्वास बढाउन नसकिएको निष्कर्षसहित मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने निष्कर्षमा पार्टी शिर्ष नेतृत्व पुगेको हो ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्ड दुबै मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने निष्कर्षमा पुगेका हुन् । बरिष्ठ नेता माधव कुमार नेपालले यस अघि देखि नै मन्त्रिहरुको कार्य सम्पादन समिक्षा गर्नुपर्ने बताउँदै आएका थिए । ‘पार्टी शिर्ष नेतृत्व मन्त्रिहरु नफेर्ने हो भने पार्टीको शाख गिर्दै जान्छ भन्ने निष्कर्षमा पुगिसकेको छ, दशै लगत्तै सरकारमा ठुलो परिवर्तन देख्न पाइन्छ’, नेकपा उच्च श्रोतले भन्यो ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणपछि अधिकांश मन्त्रीहरु हट्नेछन् ।
पद मुक्त हुने मन्त्रिहरुको सूचिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठदेखि खानेपानी मन्त्री बिना मगर, कृषि मन्त्री बलदेब खनाल, खेलकुद मन्त्री जगत विश्वकर्मा, महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापा, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्याल, वन मन्त्री शक्ति बहादुर बस्नेत, उद्योग मन्त्री मात्रृका यादव लगायत छन् । सञ्चार मन्त्री गोकुल बास्कोटाको पद पनि खतराको सूचिमै रहेको नेकपा श्रोतले बतायो ।
ओलीको विश्वास पात्र भएकाले मात्रै उनको पद अहिलेसम्म जोगिएको छ । परफरमेन्सका आधारमा भने उनी पनि रेड जोनमै परेका छन् । गृहमन्त्री राम बहादर थापाको काममा सन्तुष्ठ हुने ठाउँ नदेखेको नेकपा नेतृत्वले उनलाई हटाउन पनि गाह्रो हुने निष्कर्ष पनि निकालेको श्रोत बताउँछ ।
सिंहासन दौडका प्रतिष्पर्धी
उनीहरुलाई हटाएर मन्त्री बन्ने दौडमा यतिबेला नेकपाका दर्जनौं हस्तीहरु लागिपरेका छन् । त्यसमा भिम रावल, सुरेन्द्र पाण्डे देखि जनार्दन शर्मा, देवेन्द्र पौडेल, यज्ञराज सुनुवार, बिरोध खतिवडा, महेश बस्नेतसम्म छन् । त्यस्तै, कल्याणी खड्का, शान्ता चौधरी, पम्फा भुषाल पनि मन्त्री बन्ने दौडमा छन् ।