सेयर बजार ४.९८ अंकले ओरालो, कारोबार रकम पनि घट्यो

Advertisement

काठमाडौं । लगातार सुधार आएको सेयर बजारमा आज साताको चौँथो दिन बुधबार गिरावट आएको छ । आज सेयर बजार परिसुचक नेप्से चार दशमलव ९८ अंकले घटेर एक हजार १४०दशमलव ७१ कायम भयो भने कारोबार रकम घटेर २० करोड ३२ लाख रुपियाँ बराबरको भयो ।

आज धेरै कारोबार गर्नेमा बैंक अफ काठमाडौं प्रमोटर सेयर अगाडी आएको छ । जसको कारोबार दुई करोड २२ लाख बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा बैंक अफ काठमाडौं अगाडी रहेको छ । जसको कारोबार एक करोड ९१ लाख लाख रुपियाँ बराबरको भएको छ ।

त्यस्तै, आज अन्य र म्युचल फण्ड समूहका सुचकबाहेक अन्य सबै समूहका सुचकमा गिरावट आएको छ । सुधार आएका यी दुबै समूहका सुचकमा झण्डै एक प्रतिशतको सुधार भएको देखिन्छ भने होटल समूहको सुचक दुई प्रतिशतले ओरालो लागेको छ, त्यस्तै, जिवन बीमा र जिर्जीवन बीमा समहका सुचकमा पनि एक प्रतिशतभन्दा बढीको गिरावट देखिएको छ । बाँकी सबै समूहका सुचक एक प्रतिशतभन्दा कमले ओरालो लागेको छ ।

आज धेरै नाफा गर्नेमा नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ता अगाडि छन् । कम्पनी ६ दशमलब ३८ प्रतिशतको फाइदामा गएको छ । त्यसैगरी, धेरै घाटा खानेमा हिमालयन हाइड्रोपावर पार्टनरका लगानीकर्ता रहेका छन् । बैंक पाँच दशमलब ३६ प्रतिशतले घाटामा गएको छ ।

Advertisement

Advertisement

Advertisement