प्रतिनिधिसभाको आधिकारिक वेबसाइटबाट महराको तस्वीर हटाइयो

Advertisement

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाको आधिकारिक वेबसाइटबाट निवर्तमान सभामुख कृष्ण बहादुर महराको तस्वीर हटाइएको छ । बुधवार उनको तस्वीर हटाइएको हो ।

संघीय संघीय संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि जवरजस्तीकरणी गरेको आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले मंगलवार राजीनामा दिएका थिए ।

उनले प्रतिनिधि सभाको सभामुख पदबाट दिएको राजीनामाको सूचना संसद सचिवालयले बुधवार सूचना पत्रमा प्रकाशित गरेको छ ।

Advertisement

Advertisement

Advertisement