महरा प्रकरणः पीडित रोशनी शाहीलाई उनका पतिले पनि साथ छोडे, ‘डिभोर्स’ गर्ने सहमति

Advertisement

काठमाडौं । सभामुख कृष्णबहादुर महराबाट बलात्कृत भएको बताइएकी संसद सचिवालयकी कर्मचारी रोशनी शाही र उनका पति चित्रजंग शाही छुट्टिने स्थितिमा पुगेका छन् ।

उनीहरु दुवैले २८ बर्ष लामो वैवाहिक जीवनबाट अलगत हुने सहमति गर्दै कागजमा सही गरेका छन् । महराबाट बलात्कृत भएको र दबाबपछि बोली फेर्न बाध्य भएको कुराहरु बाहिर आइरहेको बेला रोशनीलाई पतिले समेत छोड्ने भएपछि उनी अझ डिप्रेसनको शिकार हुने देखिएको छ ।

एक्लै भएको बेला महराले गएको आइतबार बेलुकी आएर मदिरा खान दबाब दिएको र मदिरा खाएपछि जबरजस्ती करणी गरेको आरोप रोशनीले लगाएकी थिइन् । यद्यपि उनले महराको राजीनामा आएको दिन आफू महराबाट बलात्कृत नभएको र बाहिर आएका कुराहरुमा सत्यता नरहेको बताएकी थिइन् ।

रोशनीका पति पत्नी दुवैले हस्ताक्षर गरेको देखिने सानो कागजको टुक्रा चित्रजंग कार्कीले फेसबुकमा सेयर गरेका छन् ।

Advertisement

Advertisement

Advertisement