महालक्ष्मी विकास बैंकको दुई नयाँ शाखा पोखरामा

Advertisement

काठमाडौं। महालक्ष्मी विकास बैंक बुधबारदेखि पोखरामा आफ्नो शाखा विस्तार गरेको छ। बैंकले कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं ६लेकसाइड र वडा नं २६(विजयपुरमा दुई नँया शाखा कार्यालयहरु बिस्तार गरी बैकिङ कारोबार सञ्चालनमा ल्याएको हो ।

उक्त शाखाहरु सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या १०२ पुगेको छ । महालक्ष्मी विकास बैंकले ग्राहकको विश्वसनीयतामा अभिवृद्दि गरी सम्पूर्ण क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले शाखा बिस्तार गरी १०२ वटा शाखाबाट करिब ५ लाख ग्राहकहरु माझ बैकिङ सेवा उपलब्ध गराउदै आइरहेको छ ।

बैंकले ग्राहकको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन प्रयासरत रहने प्रतिबद्धता जनाएको छ।

Advertisement

Advertisement

Advertisement