मार्जिन कारोबारले सेयर बजारलाई गतिशिल बनाउँछः प्रियराज रेग्मी

Advertisement

काठमाडौं । काठमाडौं । पुँजी बजारका लागि बरदान सावित हुने अपेक्षा गरिएको मार्जिन कारोबारको आरम्भ गर्ने सौभाग्य ब्रोकर एसोसियसनका निवर्तमान अध्यक्ष तथा क्रिष्टर कञ्चनजंघा सेक्युरीटीका अध्यक्ष प्रियराज रेग्मीले पाए । उनको कम्पनीले सअ‍ोज १४ गतेदेखि मार्जिन कारोबार आरम्भ गरेको छ । मार्जिन कारोबार गर्ने पहिलो ब्रोकर कम्पनीको नेतृत्व गर्न पाउँदा उनले आफुलार्य खसुी लागेको बताएका छन् । रेग्मीले मार्जिन कारोबारले अब सेयर बजारलाई गतिशिल बनाउने अपेक्षा पनि व्यक्त गरे ।

उनको भनाई जस्ताको तस्तै
हामीले उपलब्ध गराउने धितोपत्रको कारोवार, धितोपत्रको निक्षेप सेवाको साथमा अब थप कारोबारमा मार्जिन सुबिधाू शुरू गरेका छौ । यो सेवाले पक्कै पनि दास्रो बजार चलायमान र गतिशिल बनाउन सहयोग गर्नेछ । हामी सदस्य व्यवसायीको कार्यक्षेत्र बढेको छ । दोस्रो बजारको अन्तिम कार्यान्वयन गर्ने निकाय हामीले यसको कार्यान्वयन प्रारम्भ गरेका छौ ।

मार्जिन कारोवारको लागि नितिगत व्यवस्था गर्ने नेपाल धितोपत्र बोर्ड, कारोवार अनुमति दिने नेपाल स्टक एक्सचेञ्ज, तथा ऋण कारोवार गर्न अनुमति दिने नेपाल राष्ट्र बैक, राफसाफ प्रणालि उपलब्ध गराउने सिडिएस एण्ड क्लियरिङ लि, ब्याक अफिस प्रणाली प्रदायक क्यापिटल मार्केट टेक्नोलोजी तथा तत् तत् निकायका सम्वद्व पदाधिकारि ज्युहरू प्रती आभार प्रकट गर्दै धेरै धेरै धन्यवाद । यस बिषयमा निरन्तर आवाज उठाउने लगानिकर्ताका प्रतिनिधिलाई पनि धन्यवाद ।

हामी सवैले यो सेवा सन्चालनमा आउन सक्ने समस्याको सामाधान गर्दै यसलाई सुरक्षित, पारदर्शि, परिपक्व र ब्यवसायिक बनाउदै अघि बढ्नु पर्नेछ।

 

Advertisement

Advertisement

Advertisement