दशैँको मूखैमा ८.६९ अंकले बढ्यो सेयर बजार, धेरै नाफा गर्नेमा युनिलिभर

Advertisement

काठमाडौं । सेयर कारोबार गर्ने साताको अन्तिम दिन आज बिहीबार सेयर बजारमा सुधार आएको छ । गिरावट आएको छ । आज सेयर बजार परिसुचक नेप्से आठ दशमलव ६९ अंकले घटेर एक हजार १४९ दशमलव ४० कायम भयो भने कारोबार रकम १७ करोड ६६ लाख रुपियाँमा सिमित भयो ।

आज धेरै कारोबार गर्नेमा सोल्टी होटल अगाडी आएको छ । जसको कारोबार तीन करोड १३ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा सिद्धार्थ बैंक अगाडी रहेको छ । जसको कारोबार एक करोड ५५ लाख लाख रुपियाँ बराबरको भएको छ ।

त्यस्तै, आज फाइनान्सबाहेक सबै समूहमा हरियाली छाएको छ । फाइनान्स समूहको सुचकमा शुन्य प्रतिशतभन्दा बढीले गिरावट आएको छ । त्यसैगरी, आज उत्पादन मूलक समूहका सुचकमा तीन प्रतिशतभन्दा बढीको सुधार भएको छ भने होटल समूहको सुचकमा एक प्रतिशतभन्दा बढीको सुधार आएको छ । बाँकी सबै समूहका सुचकमा शुन्य प्रतिशतभन्दा बढीको मात्रै सुधार आएको छ ।

आज धेरै नाफा गर्नेमा युनिलिभर नेपालका लगानीकर्ता अगाडि छन् । कम्पनी १० प्रतिशतको फाइदामा गएको छ । त्यसैगरी, धेरै घाटा खानेमा युनाइटेड फाइनान्सका लगानीकर्ता रहेका छन् । फाइनान्स नौ प्रतिशतले घाटामा गएको छ ।

Advertisement

Advertisement

Advertisement