मुक्तिनाथ विकास बैंकले गर्यो मृतकको ऋण मिनाहा र फिर्ता

Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बैंकको साना तथा लघु बैंकिङ कार्यालय, बुढिबजारमा सदस्य रहेका विष्णुमाया वरालको मृत्यु भएकोले निजले उपभोग गरेको ऋणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ ।

उक्त रकम स्व. विष्णुमाया वरालको छोरा तथा निजले इच्छाएको व्यक्ति सूर्यप्रसाद वराललाई क्षेत्रीय कार्यालय पोखराका प्रमुख वावुराम ढकाल, बुढिबजार शाखाका प्रमुख रामचन्द्र रानाभाट तथा साना लघु वैंकिङ प्रमुख धु्रवराज घिमिरे र पोखरा–२७, का वडाध्यक्ष धनवहादुर नेपालीले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

निजको आकस्मिक मृत्यु पश्चात् भुक्तान गरी सकेको साँवा र ब्याज बापतको रकम रु। २७३,९८३र–९दुई लाख त्रिहत्तर हजार नौ सय त्रियासी रुपैयाँमात्र० र काजकिरिया खर्च रु ५,०००र– (पाँचहजार मात्र) समेत गरी रु।२७८,९८३र– (अक्षरुपी दुई लाख अठहत्तर हजार नौ सय त्रियासी रुपैयाँमात्र) बराबरको चेक हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement