एनआईसी एशियाले दशैंको बिदामा पनि आफ्ना यि शाखाहरूबाट सेवा प्रदान गर्ने

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकले बडा दशैं २०७६ को सार्वजनिक बिदाका दिनहरुमा पनि सेवा प्रदान गर्ने भएको छ । बैंकले बडा दशैंको बिदाका दिनहरुमासमेत ग्राहकको सुविधालाई ध्यानमा राखेर बैंकको देशभर रहेका विभिन्न शाखाहरुबाट सेवा दिने निर्णय गरेको हो ।

२०७६र६र१८ गते फूलपातीको दिन काठमाडौं उपत्यकाभित्र सामाखुसी, कमलादी, सातदोबाटो, महाराजगञ्ज, न्यूरोड–खिचापोखरी, थापाथली, भक्तपुर, थानकोट तथा काठमाडौं उपत्यका बाहिर धनगढी–चौराहा, बुटवल, न्यूरोड–पोखरा, लेकसाईड–पोखरा र हेटौंडास्थित शाखा कार्यालयहरु खुल्ला रहनेछन् ।

सोही बमोजिम असोज १९ गते अष्टमीका दिन काठमाडौं उपत्यकाभित्र सामाखुसी, कमलादी, पुल्चोक, न्यूरोड–खिचापोखरी, महाराजगञ्ज, थापाथली तथा काठमाडौं उपत्यका बाहिर बुटवल, नेपालगञ्ज, न्यूरोड–पोखरा, कावासोती, वीरगंज, लाहान, जनकपुर, सिराहा, मलंगवा, चन्द्रनिगाहपुर, विराटनगर, ईटहरी, दमक र नारायणगढ शाखा खुल्ला रहनेछन् ।

असोज २० गते नवमीका दिन बालाजु, कमलादी, न्यूरोड–खिचापोखरी, थापाथली, तथा काठमाडौं उपत्यका बाहिर धनगढी हस्पिटल–लाईन, बुटवल, न्यूरोड–पोखरा, दुलेगौँडा, लिंकरोड, मिरचैया, राजविराज, बर्दिबास, हरिवन, गौर, विराटनगर, धरान, चारपाने र हेटौंडास्थित शाखा कार्यालयहरु खुला रहनेछन् । यसै गरी असोज २२ गते एकादशीका दिन काठमाडौं उपत्यकाभित्र बालाजु, कमलादी, न्यूरोड–खिचापोखरी, थापाथली, भक्तपुर तथा काठमाडौं उपत्यका बाहिर न्यूरोड–पोखरा, बाग्लुङ, बुटवल र नारायणगढस्थित शाखा कार्यालयहरु खुल्ला रहनेछन् ।

खुल्ला रहने उपरोक्त शाखाहरुमध्ये न्यूरोड खिचापोखरी, भक्तपुर, महाराजगञ्ज शाखा अपरान्ह १ बजेदेखि ४ बजेसम्म र अन्य शाखाहरु बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म खुल्ला रहनेछन् । यस अवधिमा नगद जम्मा र चेक सटहीको सेवा प्रदान गर्नुका साथै दशैं बिदा लगत्तै प्रक्रिया शुरु गर्नुपर्ने विभिन्न बैंकिङ सुविधाका लागि आवेदन दर्ता गर्न सकिने व्यहोरा समेत बैंकले जनाएको छ ।

बैंकको मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३६७ एटिएम, ८२ वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १८ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साह प्रद रहेका छन् ।

यस अवधिमा नगद जम्मा र चेक सटहीको सेवा प्रदान प्रदान गर्ने बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement