त्रिविको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस, भगवानको संभावना बढि

Advertisement

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति चयन गर्नका लागि नाम सिफारिस गर्न गठित समितिले तीन जनाको नाम सिफारिस गरेको छ । समितिले डा भगवान कोइराला, डा. धर्मकान्त बास्कोटा र चन्द्रमणि पौडेलको नाम सिफारिस गरेको हो ।

शिक्षा मन्त्रालयका अनुसार उपकुलपतिका लागि डा. कोइरालाले इच्छा नदेखएको भनिएपनि पछिल्लो समय शिक्षामन्त्री गिरीराजमणी पोखरेलसँग भेटघाट र छलफल भएपछि उनी सकारात्मक भएका छन्। उनी उपकुलपति हुन सकारात्मक भएकैले नाम सिफारिस गरिएको स्रोतले बतायो।

डा। कोइराला मुटु शल्यचिकित्सक हुन् भने डा। बास्कोटा ईएनटी विशेषज्ञ हुन्। चन्द्रमणी पौडेल भने राष्ट्रिय परिक्षा बोर्डको अध्यक्ष हुन्, उनी त्रिविकै पूर्व रेजिस्ट्रार समेत थिए।

शिक्षामन्त्रीको अध्यक्षतामा साउन २० गते उपकुलपतिको नाम सिफारिस समिति गठन भएको थियो। समितिमा व्यवस्थापन संकायको डिन, डिल्लीराम शर्मा र मेची क्याम्पस झापाका क्याम्पस प्रमुख कमलप्रसाद गुरागाइँ सदस्य थिए।

तीर्थ खनियाँको कार्यकाल सकिएपछि प्रधानमन्त्री तथा कुलपतिले उपकुलपति नाम सिफारिस समिति गठन गरेका थिए। समितिले सिफारिस गरेका मध्येबाट कुलपतिले एकजना चयन गर्ने व्यवस्था छ ।

हाल २ महिनादेखि सुधा त्रिपाठीले त्रिविको उपकुलपतिको जिम्मेवारी सम्हालेकी छन्। समितिले उनको पनि नाम सिफारिस गर्ने अनुमान भएपनि त्यसो हुन सकेन।

Advertisement

Advertisement

Advertisement