दक्षिण एसियाको समग्र विकास गर्ने हो भने वित्तीय एकीकरण र कनेक्टिभिटि जरुरी छः खतिवडा

Advertisement

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले नयाँदिल्लीमा भएको विश्व आर्थिक मञ्चको कार्यक्रममा दक्षिण एसियाली मुलुकको आर्थिक परिदृश्य विषयमा सम्बोधन गरेका छन् ।

खतिवडाले दक्षिण एशियाली मुलुकको विकासका लागि यहाँका सबै देशहरुबीच एक आपसमा गहिरो आवद्धता, यातायात, उर्जा, सञ्चार लगायतमा बढी कनेक्टिभिटी र वित्तीय एकीकरण हुनुपर्ने बताएको उनको सचिवालयले जनाएको छ ।

मन्त्री खतिवडाले आर्थिक विकासको चरण, मानव स्रोत तथा प्राकृतिक स्रोतले दक्षिण एशियाको आर्थिक वृद्धिदर औसत ७ प्रतिशतको हाराहारीमा भइरहनसक्नेउ ल्लेख गर्दै यस क्षेत्रका वस्तु र सेवाको बाह्य मागले समेत यसमा असर पार्ने बताए ।

दक्षिण एशियाली मुलुकबाट वैदेशिक रोजगारीमा कामदार जाने गरेका र यसबाट प्राप्त रेमिट्यान्स र पर्यटनमा विश्व अर्थतन्त्रमा आएको सुस्तताले असर गर्न सक्ने उनको भनाई छ ।

खतिवडाले दक्षिण एशियाली व्यापारका क्षेत्रमा दक्षिण एशियाली राष्ट्रहरुबीच एक अर्कामा प्रतिस्पर्धा गर्ने क्षेत्र धेरै भए पनि पर्यटन क्षेत्रमा भने प्रतिस्पर्धा होइन परिपूरक भूमिका रहन सक्ने बताए ।

यस क्षेत्रमा पर्यटनको विकासबाट रोजगारी सिर्जना र आम्दानीको पुनर्वितरणमा सहयोग हुने बताउँदै उनले दक्षिण एसियाली मुलकहरुको सहकार्यबाट पर्यटन विस्तार भई आर्थिक वृद्धिलाई सहयोग पुग्ने बताए । गौतम बुद्धको जन्मस्थल लुम्विनी र सगरमाथाको देश नेपालले पर्यटकहरुलाई धेरै कुरा दिनसक्ने खतिवडाको भनाई छ ।

उनले सन् २०२० लाई नेपालले भ्रमण वर्षको रुपमा मनाउने भएकोले नेपाल भ्रमण गर्न गर्न आग्रह गरे । खतिवडाले नेपालले पूर्वाधार क्षेत्रमा वित्तीय अभाव पूरा गर्न सार्वजनिक निजी साझेदारी, समिश्रित वित्त तथा सम्भाव्यता न्यून परिपूर्ति कोष (भीजीएफ) लगायतका लगानीका विभिन्न माध्यम अपनाएको जानकारी गराए ।

मन्त्री खतिवडाले भारत र चीन नेपालमा धेरै वैदेशिकलगानीगर्ने देश भएको उल्लेख गर्दै उहाँले नेपालमा वैदेशिकलगानीकालागिउपयुक्तवातावरण भएको बताउनु भयो । उहाँले नेपालमा सार्वजनिक ऋणको अंश कुल गार्हस्थ्य उत्पादनको ३० प्रतिशत भएको उल्लेख गर्दै ऋणको उपयोग गरी लगानी बढाउने र आर्थिक वृद्धि गर्ने फिस्कल स्पेस भएको बताए ।

अमेरिकाका वाणिज्य मन्त्री विलवर रोस, भारतका वाणिज्यमन्त्री पियुस गोयल तथा विभिन्न देशका अर्थमन्त्री र वरिष्ठ अर्थशास्त्री सम्मिलित अनौपचारिक भेटघाटको सेसनमा पनि उनले आफ्ना भनाई राखेका थिए ।

ती सेसनमा अन्तर्राष्ट्रिय व्यापारमा देखिएका चुनौती, द्विपक्षीय तथा बहुपक्षीय व्यापारका विविध पक्ष, वैदेशिक लगानी, रोजगारी सिर्जना, विश्व व्यापार संगठनको प्रभावकारिताका लागि चाल्नुपर्ने कदम, विश्व अर्थतन्त्रमा दक्षिण एशियाली मुलुकको भूमिकालगायत समसामयिक विषयमा छलफल भएको थियो ।

कार्यक्रममा अर्थमन्त्री खतिवडाले विश्व आर्थिक मञ्चका अध्यक्ष बर्ज ब्रेण्डसँग भेटघाट गरेका थिए । अध्यक्ष बर्जले पछिल्ला वर्षमा नेपालको उत्साहजनक आर्थिक वृद्धि भएकोमा खुशी व्यक्त गरेको जनाइएको छ । उनले दुई ठूला देश चीन र भारतको बीचमा नेपाल अवस्थित भएकोले यी देशबाट नेपालले आर्थिक लाभ लिन सक्नुपर्ने बताए ।

Advertisement

Advertisement

Advertisement