पक्राउ परेका महराको त्रिवि शिक्षण अस्पतालमा फोरेन्सिक टेष्ट, प्रेसर बढेपछि हिरासतमै अक्सिजन

Advertisement

काठमाडौँ । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको गए राति त्रिवि शिक्षण अस्पातलमा फोरेन्सिक टेष्ट गरिएको छ । सभामुख निवासबाट पक्राउ गरिएसँगै सिंहदबार वृत्तमा राखिएका महरालाई राति त्रिवि शिक्षण अस्पताल लगेर फोरेन्सिक र नियमति स्वास्थ्य परीक्षण गरिएको हो ।

पक्राउ गरेर प्रहरी हिरासतमा पुर्याएपछि उनलाई उच्च रक्तचाप र स्वासप्रस्वासको समस्या देखिएको थियो । तत्कालै उनलाई हिरासत कक्षमा अक्सिजन दिएर राखिएको थियो । संसद सचिवालयमा कार्यरत आफ्नै कर्मचारी रोशनी शाही बस्दै आएको कोटेश्वरस्थित डेरामा गत साता पुगेका महराले आफूमाथि बलात्कार गरेको ती महिला कर्मचारीले आरोप लगाएकी थिइन् । यद्यपि शाहीले महराविरुद्ध किटानी जाहेरी दिँदा बलात्कारको प्रयास गरेको मात्रै बताएकी छन् ।

चौतर्फी दबाबपछि महरासम्वद्ध पार्टी नेकपाले उनलाई सभामुखबाट राजीनामा दिन भनेको थियो भने । संसदकी कार्यबहाक सभामुख र जिल्ला अदालत काठमाडौंले पक्राउ गरी छानविन गर्न अनुमति दिएपछि प्रहरीले आइतबार बेलुकी उनी बस्दै आएको निवासमा पुगेर महरालाई पक्राउ गरेको हो । प्रहरीले शाहीको डेराबाट अन्य प्रमाणहरु पनि संकलन गरिसकेको छ भने शाहीको फोरेन्सिक टेष्ट पनि गरिसकेको छ । यद्यपि दुवैको टेष्टको रिपोर्ट भने आएनआएको बारे प्रहरीले केही बताएको छैन् ।

पक्राउ परे पनि सरकारी वकिलको कार्यालय बन्द भएका कारण अहिले प्रहरीले मात्रै महरासँग बलान लिनेछ ।

Advertisement

Advertisement

Advertisement