माशु कस्तो खाने ? कस्तो नखाने ?

Advertisement

काठमाडौं । दशैंमा मानिसहरुले अरु बेलाको भन्दा बढि माछा माशु खाने प्रचलन छ । तर माशु कस्तो खाने ? कस्तो नखाने भन्ने कुराको ज्ञान कम हुँदा धेरै मानिसहरु बिरामी पर्ने र दीर्घकालिन प्रकृतिका रोगहरु लाग्ने गरेको छ । माशु मानव स्वास्थ्यका लागि कति लाभकर ? भन्ने कुरामा नै विवादसमेत हुने गरेको अवस्थामा सकेसम्म कम खान र चिल्लो कम राखेर मात्रै खान चिकित्सकहरुले सल्लाह दिने गरेका छन् ।

अत्यधिक परिमाणमा चिल्लो पदार्थ प्रयोग गरिएको वा बोसो राखिएको माशु वा माशुजन्य परिकार स्वास्थ्यका लागि हानिकारक मानिन्छ । दशैंमा मानिसहरुले अरु बेलामा भन्दा गुणात्मक बढि माशु खाने भएकाले पनि यो खालको शैलीलाई सुधार गर्नुपर्ने चिकित्सकहरुको भनाई रहँदै आएको छ । यद्यपि दशैंलाई माशुकै पर्वको रुपमा लिने र घर घरमा खसी, बोका, राँगा, बंगुर काट्ने चलन रहेको छ । पुजाका लागि भन्दै बढि बली दिने चलन पनि यही समयमा हुन्छ । यही मौकामा इष्टमित्र तथा साथी भाईलाई बोलाएर माशु खुलाउने नेपालीहरुको चलन पनि बस्दै आएको छ । जसका कारण मानिसहरुमा धेरै खालका स्वास्थ्य समस्याहरु देखिने गरेका छन् ।

अर्कोतर्फ नेपालमा कस्तो माशु खाने ? कति खाने ? भन्ने कुराको कुनै मापदण्ड र जनचेतना पनि छैन् । गुणस्तर पनि परीक्षण नहुने, धेरै दिनसम्म राखेर खाने, मिठो बनाउने नाममा बजारमा पाइने हानिकारक स्वाद तथा मसालाहरु हाल्ने प्रवृत्ति पनि रहेको छ । यस्ता कुरामा समेत सचेत रही निम्न सावधानीहरु अपनाउँदा राम्रो हुन्छ ।

१. हरियो र कालो फिक्का जस्तो देखिने, च्यापच्याप लाग्ने र दुर्गन्ध आउने मासु खरिद नगरौं । किनभने यो निकै धेरै दिन फ्रिजमा राखेको हुनसक्छ ।

२. सकेसम्म छाला भएको मासु नखाँदा राम्रो ।

३. माशु एकै दिन पकाएर धेरै धेरै खानुभन्दा फ्रिजमा राखेर थारै थोरै खानु राम्रो हुन्छ । मासुलाई टुक्रा–टुक्रा पारी फ्रिजमा माइनस १८–३० डिग्री सेल्सियससम्मको तापक्रममा भण्डारण गर्नुपर्छ ।

४. पकाएको मासु फ्रिजमा राख्ने र खाने बेलामा तताउने, फेरि फ्रिजमा राख्ने र खाने बेलामा तताउने कुरा घातक हुनसक्छ।

५. रातो मासु पोलेर, धेरै भुटेर, तारेर वा डढाएर खानुले विभिन्न खाले रोगहरु लाग्नसक्छ ।

६. एकै पटक धेरै माशु खानुभन्दा मासुसँगै हरियो तरकारी, सागसब्जी र गेडागुडी सन्तुलन गरेर खानु राम्रो हुन्छ ।

७। माशु पकाउँदा गुणस्तरयुक्त खाने तेल, मसला प्रयोग गर्नुपर्छ । हड्डि धेरै टुक्राएर पकाउँदा यस्ता टुक्रा घाँटीमा अडकिने तथा पेटमा गएर असर गर्नसक्ने भएकाले सावधानी अपनाउनुपर्छ । माशू राम्रोसँग पकाएर मात्रै खानुपर्छ र खाइसकेपछि यसलाई पचाउन सहयोग गर्ने मुला, गाँजर, दही, सौप जस्ता कुराहरु खाँदा राम्रो हुन्छ ।

Advertisement

Advertisement

Advertisement