चिनियाँ राष्ट्रपति सीको स्वागतमा झकिझकाउ पारिएको काठमाडौंका सडक (फोटोफिचर )

Advertisement

काठमाडैं । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि सी बस्ने होटलसम्म सडक कालोपत्रे गरेर झकिझकाउ पारिएको छ । सरकारले काठमाडौंका विभिन्न ठाउँका सडक स्तरोन्नति गरेको छ । भ्रमणलाई लक्षित गरेर झण्डै ३० किलोमिटर सडकमा निर्माण र मर्मतको काम भएको हो ।

bijulibazar-pul

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि सी बस्ने होटलसम्म सडक कालोपत्रे गरिएको छ, सडक पेटीहरु रंगाइएको छ । सडक छेउमा फूल तथा बिरुवा रोपिएको छ । सडकको दुई छेउमा रहेका बिजुलीका पोलहरुमा राष्ट्रपति विद्यादेवी भण्डारी र सीको फोटो झुण्ड्याइएको छ । ब्रुमले चोक चोकको धुलो उठाईको छ । अझ, सरसफाइको लागि श्रमिकहरु पनि ठाउँ–ठाउँमा खटाईएको छ । पैदल यात्रुहरुले मुखमा मास्कसमेत प्रयोग गर्न आवश्यक नरहेको देखिन्छ । काठमाडौंका सडकहरु कालै भएर चिल्लिएका छन् । ठाउँठाउँमा स्वागतद्वार बनाइएको छ ।



सी २५ गते शनिबार काठमाडौं आउनेछन् । २३ वर्षपछि हुन लागेको भ्रमणले आपसी मित्रता र सहकार्य थप अभिवृद्धि हुने विश्वास गरिएको छ । महत्वपूर्ण विषयमा सम्झौतासमेत हुने जनाइएको छ ।



दशैँ तिहारका समयमा बर्सेनि सडक सुधारका काम गरिँदै आएको भए पनि चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लक्षित गर्दै थप काम भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।



Sadak-4

Sadak-5





 







 

Advertisement

Advertisement

Advertisement