चिनियाँ राष्ट्रपति काठमाडौंमा अवतरण गरे (अपडेट)

Advertisement

काठमाडौं । दुई दिने राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौं आइपुगेका छन् । भारत भ्रमण सकी दिउसो १ बजेर ४८ मिनेटमा चेन्नईबाट प्रस्थान गरेका उनी करिव सवा ४ बजे काठमाडौं अवरतण गरेका हुन् ।

उनी एयर चाइनाको विशेष विमानमा चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएका हुन् । सी चढेको विमानसहित तीन वटा विमानहरुमा चिनियाँ प्रतिनिधिमण्डल काठमाडौं आएका छन् । उनको आगमनका क्रममा सुरक्षाको कारण देखाउँदै अरु आन्तरिक तथा बाह्य उडानहरु बन्द गरिएको छ ।

चिनियाँ राष्ट्रपतिबाट २३ बर्षपछि नेपाल भ्रमण भएको हो । राष्ट्रपति सीलाई विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छन् । सी को यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ।

Advertisement

Advertisement

Advertisement