रात्रीभोजमा सीलाई लुक्लाको सिमी, साँधेको भटमास, बारा, मःम, कुरिलो र क्वाँटीको सुप......

Advertisement

काठमाडौं । चिनियाँ समकक्षी सी जिनपिङको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आयोजित रात्रिभोजमा विभिन्न मौलिक परिकारले सत्कार गरिएको छ । सुरुवाती खानाका रूपमा बारा, मःम, लुक्लाको सिमी र साँधेको भटमास राखिएको थियो । त्यस्तै, कुरिलो र क्वाँटीको सुप पनि व्यवस्था गरिएको थियो ।

मुख्य मेनुमा भने डबल रोस्ट्रेड ल्याम्ब चप, नर्वेजियन सलमोन, प्यान फ्राइड नुडल्सलगायत चिनियाँ र युरोपियन परिकार राखिएको थियो । खानापछि इलामको चिया र गुल्मीको कफी व्यवस्था गरिएको थियो ।

रात्रिभोजमा २०५ विशिष्ट व्यक्ति सहभागी
चिनियाँ समकक्षी सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले साँझ सोल्टी होटेलमा दिएको रात्रिभोजमा २०५ विशिष्ट व्यक्ति सहभागी भए । रात्रिभोजमा चिनियाँ पाहुना ९० जनासहित नेपालका विशिष्ट व्यक्तित्व सहभागी भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । साँझ ७ः३० बजेबाट सुरु भएको रात्रिभोजमा आमन्त्रितहरूका लागि मात्र आवश्यक सिट व्यवस्थापन गरिएको थियो ।

उपराष्ट्रपति, उपसभामुख, मन्त्रीहरू, पूर्वप्रधानमन्त्रीहरू, प्रमुख प्रतिपक्षी दलका नेता, संवैधानिक अंगका प्रमुखहरू, मुख्यसचिव, प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरू, नेकपाका सचिवालय तहका नेतासहित सीमित व्यक्तिलाई मात्र रात्रिभोजमा आमन्त्रण गरिएको थियो । नेकपाका तर्फबाट सचिवालय तहका नेताहरू मात्र रात्रिभोजमा सहभागी भएका थिए । त्यस्तै, राष्ट्रपति कार्यालयबाट पनि राष्ट्रपतिका प्रमुख स्वकीय सचिव, सचिव र विज्ञहरू मात्र सहभागी भएको स्रोतले जनाएको छ ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement