सुनको मूल्य घट्यो, चाँदीमा भने स्थिरता कायमै

Advertisement

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार ७० हजार चार सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज तीन सय रुपियाँले घटेर प्रतितोला ७० हजार एक सय रुपियाँ कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ६९ हजार आठ सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार १०० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५९ हजार ८४५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य स्थिर रहेर ८४५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७२४ रुपियाँ ५० पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement