काँग्रेसको चियापानका दिन काँग्रेस साँसद पक्राउ

Advertisement

काठमाडौं । बाह्र बर्ष पूरानो बम काण्डको विषयमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलम पक्राउ परेका छन् । काँग्रेसले दशैंको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको दिन आलम पक्राउ परेका हुन् ।

उनलाई आइतबार बिहान रौतहटको गौरबाट प्रहरीले पक्राउ गरेको हो । प्रदेश २ का डीआईजी प्रद्धुमन कार्कीले आलमलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको स्वीकार गरेको कुरा विभिन्न सञ्चार माध्यमहरुले प्रकाशित गरेका छन् ।

आलममाथि २०६४ सालको बम काण्डमा संलग्न भएको आरोप लाग्दै आएको छ । उक्त काण्डमा संलग्नता देखिएपछि अदालतले आलमलाई पक्राउ गर्न निर्देशन पनि दिएको थियो । तत्कालिन घट्नाअनुसार २०६४ चैत २७ गते राति संविधानसभाको पहिलो चुनाव लक्षित गरी रौतहटको राजपुरमा बम विस्फोट भएको र र विस्फोट भएको घटना लुकाउन घाइतेहरुलाई इँटाभट्टामा हत्या गरेको आरोप आलम लाग्दै आएको छ ।

अदालतले २०६९ मा नै आलमलाई पक्राउ गर्न आदेश दिए पनि पक्राउ गर्न सकेको थिएन् । यद्यपि प्रहरीले उनलाई मोस्ट वान्टेडको सूचीमा राखेको थियो । पक्राउपछि आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा राखिएको छ ।

Advertisement

Advertisement

Advertisement