दशैँ सकिएसँगै सुनको मूल्य घट्ने क्रम जारी, चाँदीको स्थिर

Advertisement

काठमाडौं । साताको दास्रो दिन आज सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबार ७० हजार एक सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज एक सय रुपियाँले घटेर प्रतितोला ७० हजार रुपियाँ कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ६९ हजार सात सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार १५ रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५९ हजार ७६० रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य स्थिर रहेर ८४५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७२४ रुपियाँ ५० पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement