पोखरामा प्राचीन पोखरी पुनर्निर्माण गरी बुद्धको मूर्ति राखियो

Advertisement

पोखरा । कास्कीको मादी गाउँपालिका-३ याङ्जाकोटमा रहेको प्राचीन ऐतिहासिक झ्याली पोखरी पुनर्निर्माण गरिएको छ ।

१५ लाख ४८ हजार सात सय रुपियाँ खर्च गरेर मादी गाउँपालिकाले पोखरी पुनर्निर्माण गरेको हो । पोखरीको बीच भागमा शान्तिका अग्रदूत गौतम बुद्धको मूर्ति स्थापना गरेर चारैतिर तारबार लगाइएको छ ।

स्थानीयको साथ र सहयोगका कारण पुनर्निर्माणको काम चित्तबुझ्दो भएको मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ(श्याम०ले जानकारी दिए । उनले आगामी दिनमा पोखरीमा रङरोगन गर्ने पोखरीको वरिपरि बाटो ढलान गर्ने फूल रोप्ने बत्ती जडान गर्नेलगायतका काम पनि गरिने जानकारी दिए ।

झ्याली पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष सूर्य गुरुङले ऐतिहासिक पोखरी पुनर्निर्माणसँगै गाउँको सुन्दरता बढेको बताए ।

Advertisement

Advertisement

Advertisement