शाइन रेसुङ्गाको पूर्णिमा र भार्गवलाई एक्वायर गरी आजबाट एकीकृत कारोबार शुरु

Advertisement

काठमाडौं । शाइन रेसुङ्गा, पूर्णिमा र भार्गव विकास बैंकबीच एक्विजिसन प्रक्रिया सम्पन्न भई आज सोमबारबाट एकीकृत कारोबार सुरु भएको छ । शाइनले पूर्णिमा र भार्गवलाई एक्वायर गरी शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गरेको हो ।

रुपन्देहीको बुटवलमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको केन्द्रीय कार्यालय रहेको छ , रुपन्देहीको सिद्धार्थनगरमा पूर्णिमा विकास बैंकको केन्द्रीय कार्यालय रहेको छ भने बाँकेको नेपालगञ्जमा भार्गव विकास बैंकको केन्द्रीय कार्यालय रहेको छ । हाल १० जिल्ला कार्य क्षेत्र रहेको शाइन रेसुंगाले २ विकास बैंकहरूलाई प्राप्ति गरेसँगै राष्ट्रिय स्तरको विकास बैंक बनेको छ ।

साथै, बैंकको चुक्ता पूंजी रु. २ अर्ब ६२ करोड, निक्षेप परिचालन रु. २६ अर्व ८७ करोड, कर्जा लगानी रु. २३ अर्व ८१ करोड, ग्राहक संख्या ३ लाख ७७ हजार र कर्मचारी संख्या ५४५ पुगेको छ ।

Advertisement

Advertisement

Advertisement