दशैँपछि पनि आएन सेयर बजारमा सुधार, कारोबार रकम पनि २१ करोडमा सीमित

,   २७ आश्विन २०७६, सोमबार, ०३:१६ pm   
वाणिज्य बैंकहरुको सेयर

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार पनि सेयर बजारको गिरावट कायमै रह्यो । आज सेयर बजार परिसुचक नेप्से १२ दशमलव ०५ अंकले घटेर एक हजार १३६ दशमलव ९६ कायम भयो भने कारोबार रकम २१ करोड ८६ लाख रुपियाँ बराबरमा सिमित भयो ।

आज धेरै कारोबार गर्नेमा प्रभु बैंक अगाडी आएको छ । जसको कारोबार दुई करोड ६५ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा सिद्धार्थ बैंक अगाडी रहेको छ । जसको कारोबार दुई करोड ६४ लाख लाख रुपियाँ बराबरको भएको छ ।

त्यस्तै, आज म्युचल फण्डबाहेक सबै समूहका सुचक राताम्मे देखिएको छ । म्युचल फण्ड ० दशमलब ५ प्रतिशतले हरियो भएको छ भने होटल समूहमा दुई प्रतिशतभन्दा धेरैले गिरावट आएको छ । त्यस्तै, हाइड्रोपावर, निर्जीवन बीमा समूह र फाइनान्स समूहका सुचकहरुमा एक प्रतिशतभन्दा बढीको गिरावट आएको छ भने बाँकी सबै समूहको सुचकमा ० प्रतिशतभन्दा बढीले आरालो लागेको देखिन्छ ।

aecc

आज धेरै नाफा गर्नेमा राधी विद्युत कम्पनीका लगानीकर्ता अगाडि छन् । कम्पनी ५ दशमलब ८४ प्रतिशतको फाइदामा गएको छ । त्यसैगरी, धेरै घाटा खानेमा सनिर्जी पावरका लगानीकर्ता रहेका छन् । कम्पनी ६ दशमलब ४९ प्रतिशतले घाटामा गएको छ ।