मनाङ एयरले थाल्यो अत्याधुनिक हेलिकप्टरबाट उडान

Advertisement

काठमाडौं । वायुसेवा प्रदायक कम्पनी मनाङ एयरले नयाँ हेलिकोप्टरबाट व्यवसायिक उडान सुरु गरेको छ । कम्पनीले सोमबारदेखि फ्रान्समा निर्मित आत्याधुनिक एयरबस हेलिकोप्टर ( AS350B3e (H125) को हेलिकोप्टर 9N-ANJ  बाट व्यवसायिक उडान सुरु गरेको हो ।

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले औपचारिक रुपमा नयाँ हेलिकप्टरबाट सेवा सुरु गरेको जानकारी दिएको छ । कम्पनीद्धारा संचालनमा ल्याएको अत्याधुनिक नयाँ एयरबस हेलिकप्टरले २३ हजार फिटको उच्च उचाइसम्म सुरक्षित उडाउन भर्न सक्ने कम्पनीको दाबी छ ।

नयाँ हेलिकप्टर संचालन आएसँगै कम्पनीको सेवामा थप विस्तार भएको र अति दक्ष पाइलट तथा प्राविधिकद्वारा पर्यटकीय, दृष्यावलोकन तथा उद्धार कार्य उडानमा सहयोग पुग्ने र विमानसेवामा अझ बढि प्रभावकारीता प्रदान हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उडान सुरु गरिएको हेलिकप्टर मार्फत अतिउच्च हिमाली क्षेत्रहरुमा उद्दार, स्वदेशीलाई आवश्यक ठाउँमा उडान तथा विकास निर्माण लगायतका विविध क्षेत्रमा समेत हेलिकप्टर प्रयोग गर्न सकिने कम्पनीले बताएको छ ।

Advertisement

Advertisement

Advertisement