विराटनगरमा नालीमा डुबेर बालिकाको मृत्यु

Advertisement

विराटनगर । मोरङको उर्लावारी नगरपालिका चार वानडाँडामा एक बालिकाको नालीमा डुबेर मृत्यु भएको छ । स्थानीय कुमार मगरकी दुई वर्षीया छोरी निरजला मगरको नालीमा डुबेर मृत्यु भएको हो ।

सोमबार बिहान बालिका घर छेउको नालीमा डुबिरहेको छिमेकीले देखेपछि उद्धार गरी मंगलबारे अस्पताल लैजाने क्रममा मृत्यु भएको एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर कोइरालाले जानकारी दिएका छन् ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

Advertisement

Advertisement