जहाज ढिलो आएको भन्दै राजपाका साँसदले बुद्ध एयरको काउन्टर तोडफोड गरे

Advertisement

जनकपुरधाम । जहाज ‘डिले’ (ढिलो आएको) भएको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद प्रमोदकुमार साहले जनकपुर विमानस्थलको बुद्ध एयरको कार्यालय तोडफोड गरेका छन् । सर्लाही–१ सांसद साहले विमान ढिलो आएको भन्दै काउन्टर तोडेपछि एयरलाइन्सका कर्मचारीले प्रतिवाद गर्दा उनलाई समेत हातपातको प्रयास गरे ।

साँसद साहका अनुसार बिहान ११ः४० मा उड्नुपर्ने बुद्ध एयरको जहाज दिउँसो डेढ बजेसम्म नआएको र एयरलाइन्सले आफूलाई बेवास्ता गरेको भन्दै तोडफोड र कर्मचारीलाई धक्का दिएका हुन् । किडनीका विरामीलाई समयमै काठमाडौं पुग्नुपर्ने बाध्यता हुँदा पनि जहाज आउने, नआउने स्पष्ट जानकारी नदिएको र कुरा बुझ्न काउन्टरमा जाँदा पनि आलटाल गरेकाले रिसको झोंकले काउण्टरमा सामान्य तोडफोड भएको स्वयम साँसदले स्वीकार गरेका छन ।

उनका अनुसार जनकपुरधाम ६५ वर्षीय एक वृद्धलाई उपचारका लागि काठमाडौं पठाउन विमानस्थल व्यवस्थापन पक्षलाई पटक–पटक फोन गर्दा समेत कुनै रेस्पोन्स गरेपछि रिसमा सामान्य तोडफोड भएको हो । बुद्ध एयरले भनेले प्राविधिक कारणवश विमानमा ढिलाइ भएको र यात्रुहरुलाई पटक पटक त्यसको कारण बताएको तर साँसद साहले भने एक्कासी आएर काउण्टरमा तोडफोड र कर्मचारीलाई दुव्र्यवहार गरेको बताएको छ ।

Advertisement

Advertisement

Advertisement