सुनचाँदीको मूल्य घट्यो

Advertisement

काठमाडौं । साताको चौँथो दिन आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार ७० हजार सात सय
रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज एक सय रुपियाँले घटेर प्रतितोला ७० हजार छ सय रुपियाँ कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ७० हजार तीन सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ५३० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार २७५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेर ८५० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७२९ रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement