अजोड इन्स्योरेन्सको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

Advertisement

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ । इन्स्योरेन्सले ३० लाख कित्ता साधारण शेयर प्रति शेयर १०० रुपियाँ अंकित दरले सर्वसाधारणहरुमा निष्काशन गर्न एनआईबिएल एसलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

बिक्री प्रबन्धकमा नियुक्ति सम्बन्धी सम्झौता पत्रमा अजोड इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् । सम्झौता गरेसँगै अब एनआईबिएल एसले इन्स्योरेन्सको सेयर बिक्री सम्बन्धी सम्पूर्ण काम गर्नेछ ।

हाल इन्स्योरेन्सको अधिकृत पूँजी १ अर्ब, जारी पूँजी १ अर्ब र चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ । सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँड गरे पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपियाँ पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement