एयरपोर्टमा दादागिरि देखाउने रमेश थापा नाम गरेका अष्ट्रेलियन नागरिकलाई ५० हजार जरिवाना

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलनमा भाग लिन नेपाल आउने क्रममा एयरपार्टमा दादागिरि देखाएको भन्दै पक्राउ गरिएका अष्ट्रेलियन नागरिक रमेश थापालाई प्रहरीले ५० हजार रुपियाँ जरिवाना गरेको छ भने उनलाई उक्साउने महिलालाई २५ हजार जरिवाना गरेको छ ।

गैरआवासीय नेपाली प्रतिनिधिको रुपमा विश्व सम्मेलनमा भाग लिन नेपाल आएका उनी असोज २६ गते पक्राउ परेका थिए । विमानस्थलका सरकारी कर्मचारीलाई अभद्र व्यवहार गरेको र काउन्टरको शिशा तोडफोड गरेको आरोप प्रहरीको छ । थापाले भने भिसा दिन विमानस्थलमा चार घण्टा लगाएको र चाँडै गर्नुभन्दा प्रहरी लगाएर थुनाएको बताउँदै आएका छन् ।

अध्यागमन विभागले भने रमेश थापा नाम गरेको अष्ट्रेलियन नागरिकले विमानस्थलका कर्मचारीलाई अपशब्द प्रयोग गरेको, सम्झाउँदा पनि नमानेको र कर्मचारीले काम गरिरहेको टेबुलको शिशा तोडफोड गरेपछि प्रहरीको सहयोगमा उनलाई नियन्त्रणमा लिएको भन्दै विज्ञप्ति जारी गरेको छ ।

थापा नेपाली सेनाका भूतपूर्व कर्नेल रतिन्द्र थापाका भाई तथा गैरआवासीय नेपाली अष्ट्रेलियाकी नेतृ रञ्जु वाग्ले थापाको जेठाजु हुन् । सम्मेलनमा भाग लिन आएका अष्ट्रेलियाका एक एनआरएनले थापा अष्ट्रेलियामा पनि रिसाहा र झगडालु स्वाभावको रहेको बताए ।

पक्राउ परेका उनलाई अध्यागमन विभागले ५० हजार रुपियाँ धरौटी लिएर छाडेको हो । पक्राउपछि एनआरएनए नेताहरुले उनलाई रिहाई गर्न दबाब दिएका थिए । विभागले भने उनले विमानस्थलमा उनले क्षति पुर्याएका र दादागिरि देखाउँदै कानुन हातमा लिएकाले धरौटी लिएको बताएको छ । थापालाई उक्साउने उनैसँगै आएकी एक महिलालाई पनि विभागले २५ हजार जरिवाना गरेको छ ।

Advertisement

Advertisement

Advertisement