सहयोगी विकास बैंकका सदस्य यादव ठगीको आरोपमा पक्राउ

Advertisement

जनकपुर । सहयोगी विकास बैंकका संचालक समितिका सदस्य दिपेन्द्र कुमार यादव (दिपु)लाई जालसाजी ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएका प्रहरीले आज साहलाई जनकपुरधाम वडा नं. ८ बलवा टोलस्थित उनकै निजी निवासबाट पक्राउ गरिएको धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले बताएका छन् ।

यादवले जनकपुरधाम दश का लालबाबु रौनियारको धितो राखिएको जग्गा रकम चुक्ता गरिदिए पनि फिर्ता नगरेको कारण जालसाजी तथा ठगी गरी विक्री गरेको अभियोगमा उजुरी परेपछि जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको थियो ।

रौनियारले लामो समयसम्म पनि आफ्नो जग्गा फिर्ता नपाएपछि जग्गा दिलाइ दिनका लागि अदालतमा मुद्दा दायर गरेका थिए । करिब आठ वर्षअघि रौनियारले महोत्तरीको बर्दिवास स्थित पाँच कट्ठा जग्गा व्यक्तिगतरुपमा यादव धितो राखी ५० लाख रुपियाँ ऋण लिएका थिए । केही वर्ष भित्रै सो ऋण वापत यादवलाई ७३ लाख रुपियाँ चुक्ता गरेपनि जग्गा फिर्ता पाएनन् । जग्गा फिर्ता गर्न पटक पटक आग्रह गर्दा पनि जग्गा नपाएपछि पीडितले फिर्ता गराई दिन माग गर्दै करीब ६ महिना अघि जिल्ला अदालत धनुषामा रौनियारले मुद्दा दायर गरेको थियो ।

पीडित रौनियारको बर्दिवास स्थित रहेको पाँच कठ्ठा जग्गा दुई करोड ७० लाख रुपियाँमा यादवले बेचेको श्रोतको दाबी छ । आफ्नो जग्गा बिक्री भइसकेको थाहा पाए लगतै रौनियारले जग्गा फिर्ता गर्न आग्रह गर्दा केही अझै समय लाग्ने भन्दै यादवले बेवस्ता गर्दै आएको थियो । जिल्ला अदालत धनुषाले गत साउन महिनामै पक्राउ पूर्जी जारी गरेपनि राजनीतिक आडमा यादव बच्दै आएका थिए । पछिल्लो निर्वाचनमा तत्कालिन एमाले पार्टीबाट धनुषा क्षेत्र नं। ३ (क) प्रदेश सभा सदस्यमा चुनाव समेत लडेका थिए ।

Advertisement

Advertisement

Advertisement