सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुङ टिभी उपहार प्रदान

Advertisement

काठमाडौं । कुवेत स्थित सुदूर पश्चिमेली नेपाल समाजको दोश्रो वार्षिकोत्सव तथा अधिवेशन सम्पन्न भएको छ । उक्त अवसरमा वृहत साँगीतिक धमाका सम्पन्न गरिएको थियो । उक्त कार्यक्रमको प्रमुख आयोजकमा सिटी एक्सप्रेस मनि ट्रान्सफर रहेको थियो । सो कार्यक्रममा ८०० भन्दा धेरै नेपालीहरुको उत्साहजनक सहभागी रहेको थियो । जस्मा नेपाल आइडल सिजन २ को बिजेता रवी ओड र गायक र कलाकार चक्र बमको प्रस्तुती थियो ।

कार्यक्रमलाई थप रोमान्चक बनाउन सिटी एक्सप्रेसले उपस्थित दर्शकहरुबीच लक्की ड्र सञ्चालन गरिएको थियो । जस्को बिजेता जयबहादुर थापा भएका थिए । थापाले उपहार स्वरुप सामसुङको ३२ इञ्चको टीभी प्राप्त गरे । सोही कार्यक्रममा अन्य ५ जनालाई सिटी एक्सप्रेसको तर्फबाट आकर्षक उपहार पनि प्रदान गरिएको थियो ।

नेपालका लागि सामसुङ उत्पादनहरुको अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रालिले प्रवासीहरुलाई विदेशमै बसेर नेपालमा टिभी किन्न मिल्ने सुविधा प्रदान गर्न सिटी एक्सप्रेस मनि ट्रान्सफर प्रालिसंग साझेदारी गरेको छ ।

सम्झैता अनुसार कतार, साउदी, कुवेत र मलेसियामा रहेको सिटी एक्सप्रेस मनि ट्रान्सफरको काउन्टरमा गएर पैसा जम्मा गरेपछी नेपालमा रहेका परिवार र आफन्तजनहरुले सोही देश बराबरको एमआरपीमा टिभी खरिद गर्न सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement