सत्तारुढ दल नेकपाको चियापान भृकुटीमण्डपमा जारी

Advertisement

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा सत्तारुढ दल नेकपाको चियापान कार्यक्रम जारी छ । दिउसो १२ बजेबाट सुरु भएको चियापानमा बेलुकी ५ बजेसम्म रहनेछ। दशैं, तिहार, छट पर्वको अवसरमा शुभाकामना दिन नेकपासहित प्रमुख दलहरुले हरेक बर्ष चियापान गर्दै आएका छन् ।

विभिन्न दलका नेता, कुटनीतिज्ञ, बुद्धिजीवी, संघसंस्थाका प्रमुखहरुलाई समेत आमन्त्रण गरिएको कार्यक्रममा नेकपाका पार्टीका नेता, कार्यकर्ताको ठूलो भीड देखिएको छ । चियापान समारोहमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गरेका थिए ।

Advertisement

Advertisement

Advertisement