इलाममा प्रतिकिलो दश लाख पर्ने उच्च मूल्यको जडीबुटी केशरखेतीको परीक्षण सफल

Advertisement

फिक्कल । प्रतिकिलो दश लाख पर्ने उच्च मूल्यको जडीबुटी केशरको व्यावसायिक उत्पादन इलाममा शुरु गरिएको छ । जौवारी मल्टी परपोज एग्रीकल्चर एण्ड इन्भाइरोमेन्ट सेन्टरले इलामको माइजोगमाई गाउँ पालिका छ को थुम्केडाँडा र जौवारी क्षेत्रमा सामूहिकरुपमा केशरको खेती शुरु गरेको हो ।

भारतको कास्मिरबाट दुई मन केशरको बीउ ल्याएर थुम्के र जौबारीमा लगाइएको थियो । थोरै मात्रामा हिऊँ पर्ने र तुसारो पर्ने ठाउँमा यसको खेती गर्न सकिने बताइएको छ । सामुन्द्रिक सतहदेखि एक हजार पाँच देखि दुई हजार पाँच मिटको उचाइ केशरखेतीका लागि उपयुक्त मानिन्छ । परीक्षणका क्रममा गुणस्तरीय केशर उत्पादन भएको संस्थाले जनाएको छ । संस्थाका केशरखेती प्रवद्र्धक हरि कटवालका अनुसार कति उत्दपादन यस वर्ष हुन्छ भन्नेमा पनि अन्योल छ । पहिलो वर्ष भएकाले पनि परीक्षणका रुपमा लगाइएको उहाँले बताए । पहिलो वर्षमा नै उत्साहजनक रुपमा यसको खेती फष्टाएको पनि उनले बताएका छन् ।

केशर उत्पादनका लागि धेरै फूलको आवश्यक्ता पर्दछ । फूलभित्रको रातो लुर्का सङ्कलन गरी सुकाएर बिक्री गर्ने गरिन्छ । करीब डेढ लाख सुगन्धित फूलबाट मात्र एक किलो केशर प्राप्त हुने सांसद टुण्डु शेर्पाले बताए ।

अङ्ग्रेजीमा स्याफरोन भनेर चिनीने केशरखेती युरोपबाट शुरु भए पनि नेपालका केही भूभागमा यसको व्यावसायिक खेती शुरु भएको छ । केशरलाई नसा बलियो बनाउने, मुटु कलेजोको उपचारमा प्रयोग गरिने बताइन्छ । औषधीय गुण भएको केशर मसलाको रुपमा समेत प्रयोग गरिन्छ ।

यस खेतीले गाउँपालिकामा उत्साह बढाएको गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईले बताए । महँगो खेती भएकाले पनि यस खेतीले पर्यटन प्रवद्र्धनसँगै समृद्धितर्फ अगाडि बढाउने उनले बताएका छन् । अहिले यस खेती हेर्नका लागि धेरै पर्यटक जाने गरेका छन् ।

Advertisement

Advertisement

Advertisement