नेकपाका सांसद पार्वत गुरुङलाई पनि पक्राउ पुर्जी

Advertisement

काठमाडौं । नेकपाका नेता तथा संघीय संसदका सदस्य पार्वत गुरुङ विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । दोलखाबाट निर्वाचित नेकपा सांसद गुरुङ विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा परेको थियो । सोही मुद्धाको सुनुवाईका क्रममा काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गर्न आदेश दिएको हो ।

स्थानीय तहको निर्वाचनपछि काठमाडौंको गौशालामा गुरुङको अगुवाईमा आफुमाथी आक्रमण भएको भन्दै तत्कालिन माओवादी कार्यकर्ता बिरध्वज खड्काले मुद्धा हालेका थिए । गुरुङलाई ३५ दिन भित्र काठमाडौं जिल्ला अदालतमा हाजिर हुन पुर्जी जारि गरिएको हो ।

Advertisement

Advertisement

Advertisement