काठमाडौं । सानिमा बैंकको बुधबार सम्पन्न १५औं वार्षिक साधारणसभाले गत बर्षको मुनाफाबाट सेयरधनीलाई २१ प्रतिशतभन्दा बढि मुनाफा बितरण गर्ने प्रस्ताव पास गरेको छ ।
बैंकले चुक्ता पँुजीको १० प्रतिशत बोनस शेयर र ११ दशमलव ०५२६ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।
आर्थिक वर्ष २०७५।७६ मा दुई अर्ब २६ करोड खुद मुनाफा गरेको सानिमा बैंकको निष्क्रिय कर्जा शुन्य दशमलव ०८ प्रतिशत मात्रै रहेको छ ।