रसुवागढी नाकाबाट १७ करोडको चिनियाँ ओखर आयात

Advertisement

रसुवा । चीनबाट १७ करोड ६३ लाख रुपियाँ मूल्य बराबरको चिनियाँ ओखर आयात भएको छ । रसुवागढी नाका हुँदै २०७४ साउनदेखि असोज २७ गतेसम्म १७ करोड ६३ लाख १९ हजार तीन सय ८८ मूल्य बराबरको ओखर आयात भएको हो ।

रसुवागढी भन्सार कार्यालयका अनुसार यो अवधिमा सात लाख ५० हजार आठ सय ६८ केजी ओखर आयात भएको छ । आयात भएको ओखरमध्ये ७२.५२ प्रतिशत अर्थात पाँच लाख ४४ हजार पाँच सय ३६ केजी छोडाएको ओखर रहेको छ ।

दुई लाख छ हजार तीन सय ३२ केजी ओखर चाहिँ नछोडाएको नै आयात भएको कार्यालयले जनाएको छ । नेपालमा उत्पादन कम हुने र माग बढ्दै जाँदा आयात पनि बढ्दै गएको प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए ।

Advertisement

Advertisement

Advertisement