सेयर बजारमा झिनो अंकको सुधार, कारोबार रकम भने न्युन

Advertisement

काठमाडौं । आज साताको पाँचौँ दिन बिहीबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । आज सेयर बजार परिसुचक नेप्से ० दशमलव ७१ अंकले बढेर एक हजार १३७ दशमलव ७५ कायम भयो भने कारोबार रकम घटेर १८ करोड २९ लाख रुपियाँ बराबरमा सीमित भयो ।

आज धेरै कारोबार गर्नेमा प्रभु बैंक अगाडी रहेको छ । जसको कारोबार एक करोड ९९ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा मेगा बैंक नेपाल प्रमोटर सेयर रहेको छ । जसको कारोबार एक करोड ५७ लाख लाख रुपियाँ बराबरको भएको छ ।

त्यस्तै, आज म्युचल फण्डमा एक प्रतिशतभन्दा बढीको सुधार आएको छ । त्यसैगरी, हाइड्रोपावर, फाइनान्स, बैंकलगायत समूहका सुचकमा शुन्य प्रतिशतभन्दा बढीको सुधार देखिएको छ भने होटल, विकास बैंक, उत्पादनमूलक समूह र अन्य समूहको सुचकमा शुन्य प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।

त्यसैगरी, धेरै फाइदा खानेमा सानीमा इक्विटी फण्डका लगानीकर्ता अगाडि छन् । फण्ड ८ प्रतिशतको फाइदामा गएको छ । त्यस्तै, घाटा खानेमा महुली सामुदायीक लघुवित्तका लगानीकर्ता रहेका छन् । लघुवित्त ६ दशमलब २५ प्रतिशतले घाटामा गएको छ ।

Advertisement

Advertisement

Advertisement