बैंक अफ काठमाण्डूको २५औँ वार्षिक साधरणसभा सम्पन्न, १७ प्रतिशत लाभांश पारित

Advertisement

काठमाडौं । बैंक अफ काठमाण्डूको २५औँ वार्षिक साधरणसभा सम्पन्न भएको छ । बैंकले बिहीबार सेयरधनीलाई १७ प्रतिशत लाभांश दिने प्रस्तावलाई सभामा पारित गरेको हो ।

सभाले पारित गरे अनुसार बैंकका सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट हालको चुक्ता पुँजीको ६ प्रतिशत बोनस र ११ प्रतिशत नगद लाभांश पाउने छन् । असोज १५ गतेसम्म कायम सेयरधनीले बैंकले वितरण गर्ने लाभांश पाएका छन् ।

बैंकको चुक्ता पुँजी ८ अर्ब ६ करोड रुपियाँ थियो । बैंकको ६ प्रतिशत बोनस पछिचुक्ता पुँजी ८ अर्ब ५४ करोड रुपियाँ पुगेको छ । त्यसैगरी, सभाले गत आर्थिक वर्षको नाफा नोक्सान हिसाबमाथि छलफल गरि पारित गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०७६।०७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा स्वीकृत भएको छ ।

बैंकको कुल निक्षेप ८.३४ प्रतिशतले बढेर ८३ अर्ब ३२ करोड रुपियाँ पुगेको छ । त्यस्तै, ८३ अर्ब निक्षेप रहेको बैंकको जगेडा कोषमा कोषमा ४ अर्ब ५२ करोड रुपियाँ रहेको छ ।

असार मसान्तसम्म बैंक अफ काठमान्डूले १ अर्ब ९३ करोड ८२ लाख १९ हजार रुपियाँ खुद नाफा कमाएको छ । वार्षिक प्रतिसेयर आम्दानी २४ रुपियाँ ०४ पैसा र प्रतिसेयर नेटवर्थ १७३ रुपियाँ ७२ पैसा छ ।

Advertisement

Advertisement

Advertisement