अप्रिय घट्नाविना गैरआवासीय नेपाली संघको चुनाव सम्पन्न, २३४४ मत खस्यो

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । बिहीबारको परिदृश्यअनुसार आज शुक्रबार पनि निर्वाचनका क्रममा नाराजुलुश हुनसक्ने अडकल गरिए पनि त्यस्तो अप्रिय घट्ना भए्न् ।

भोटिङ मेशिनले काम नगरेको भन्दै निर्वाचन स्थगित गरिएपछि गैरआवासीय नेपालको विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनस्थल हायात होटलमा नाराजुलुस र राति तोडफोडसमेत भएको थियो । उक्त घट्नाको व्यापक विरोध भएपछि आज भने गैरआवासीय नेपाली प्रतिनिधिहरु संयमित भएका थिए । साथै, संभावित विरोध प्रदर्शन रोक्न सुरक्षा व्यवस्था पनि कडाई गरिएको थियो ।

संघको निर्वाचन साँझ सकिएको छ । कुल दुई हजार ५७० मतदाता मध्ये दुई हजार ३४४ मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ । जसअन्तर्गत युरोपबाट ९२०, अमेरिकाबाट २७१, अष्ट्रेलिया, र न्युजिल्याण्डबाट २१५, एसियाबाट ४६२, मध्यपूर्वबाट ४६० र अफ्रिकाबाट १६ मत खसेको छ।

मतगणना आजै रातिबाट सुरु गरिने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement