आरबीबी मर्चेन्टको प्रमुख कार्यकारी अधिकृतमा बद्री प्रसाद प्याकुरेल नियुक्त

Advertisement

काठमाडौं । आरबीबी मर्चेन्ट बैंकिङमा रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा बद्री प्रसाद प्याकुरेललाई नियुक्त भएका छन् । मर्चेन्टले चार वर्षको कार्यकालका लागि कात्तिक ७ गतेदेखि लागु हुनेगरी प्रमुख कार्यकारी अधिकृत पदमा प्याकुरेललानई नियुक्त गरेको हो ।

प्याकुरेल पदपूर्ती गर्न मिति २०७६/०३/१८ गते योग्यता पुगेका सम्भावित उम्मेदवारहरुबाट एक्स्प्रेसन अफ इन्टे्रस्ट (इओआई) पेश गर्न द हिमालयन टाईम्समा सुचना प्रकाशित गरिएकोमा योग्यता क्रमको १ नम्बरमा पर्न सफल उम्मेदवार पनि हुन् ।

हाल शहरी क्षेत्रमा मात्र रहेको मर्चेन्ट बैकिङ सेवा राष्ट्रिय वाणिज्य बैंकको ७७ जिल्लामा रहेका २३८ वटा शाखा कार्यालयबाट पनि यो सेवा लिन सकिने हुंदा दूरदराजमा रहेका जनताहरुले पनि मर्चेन्ट बैकिङ सेवा लिन सकिने सम्भावना देखिएको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले बताए । आरविवि मर्चेन्ट बैंकिङको हाल २० करोड चुक्तापूंजी रहेको छ ।

सो समारोहमा रावा बैंकका मूख्य प्रबन्धक एवं संचालक पवन रेग्मी, रावा बैंकका मूख्य प्रबन्धक एवं आरविवि मर्चेन्ट बैंकिङका निमित्त प्रमुख कार्यकारी अधिकृत रामकुमार थापा लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो । समारोहलाई कम्पनी सचिव खगेन्द्र उप्रेतीले सहजीकरण गरेकबा थिए ।

Advertisement

Advertisement

Advertisement