सेती अञ्चल अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. शाहको निधन

Advertisement

काठमाडौं । सेती अञ्चल अस्पतालमा कार्यरत डाक्टर प्रणयजंग शाहको निधन भएको छ। बालरोग विशेषज्ञ डा शाहको काठमाडौँमा उपचारका क्रममा निधन भएको हो।

बिदामा चितवन गएको समयमा एक्कासि बेहोस भएपछि उनलाई उपचारका लागि चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो। त्यसपछि थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल लगिएकोमा उपचारका क्रममा उनको निधन हो।

३४ वर्षीय डाक्टर शाह दुई वर्षदेखि सेती अस्पतारमा कार्यरत थिए। सुरुमा ज्यालादारीमा काम गर्दै आएका उनी केही समययता करारमा कार्यरत थिए।

डाक्टर शाहको निधनपछि सेती प्रादेशिक अस्पतालले आज शोकसभा गरेको छ। डाक्टर शाह र अस्पतालमै कार्यरत एम्बुलेन्स चालक खामबहादुर विष्टको सम्झनामा शोक सभा गरिएको हो। एम्बुलेन्स चालक विष्टको पनि केही दिनअघि झाडापखलाका कारण निधन भएको थियो।

Advertisement

Advertisement

Advertisement