जोखिममा भारतीय अर्थतन्त्रः मुद्रा कोषको प्रतिवेदनमा अर्थमन्त्रीको आपत्ति

Advertisement

काठमाडौं । अन्तराष्ट्रिय मुद्रा कोष(आईएमएफ)ले भारतीय अर्थतन्त्र अझै पनि जोखिममै रहेको निष्कर्ष निकालेको छ । आईएमएफ प्रमुख क्रिष्टिया जार्जिवाले वासिङटन डीसीमा पत्रकारहरुका बीच भारतीय अर्थतन्त्र जोखिममै रहेको स्पष्ट पारेकी हुन् । ‘भारतले अर्थतन्त्रलाई मजबुत बनाउन धेरै प्रयास गरेको छ, जुन केहि यस्ता समस्या छन् जसको समाधानका लागि लामो समयसम्म काम गर्नुपर्नेछ, वित्तीय क्षेत्रमा बैंकिङ सेक्टर र विशेष रूपमा गैर बैंकिङ क्षेत्रमा व्यापक सुधारको आवश्यकता छ ।’

आइएमएफले केहि दिन अघि सार्वजनिक गरेको वर्ड इकोनोमिक आउटलुकमा भारतीय अर्थतन्त्रको वृद्धिदर ०.९० प्रतिशतले घटेर ६.१ प्रतिशतमा सिमित हुने उल्लेख गरेको थियो । यो वर्ष आइएमएफले तेश्रो पटक भारतीय अर्थतन्त्रको वृद्धिदर खुम्चिने प्रतिवेदन तयार पारेको हो ।
जुलाई महिनामा आइएमएफले सन २०१९।२० मा भारतीय अर्थतन्त्र ७ प्रतिशतले बढ्ने निष्कर्ष निकालेको थियो । जबकी अफ्रिमा आइएमएफले ७.३ प्रतिशतले भारतीय अर्थतन्त्र बढ्ने अनुमान गरेको थियो । यद्यपी आइएमएफले सन २०१०।२१ मा भने भारतीय अर्थतन्त्रमा सुधार आउने अपेक्षा पनि व्यक्त गरेको छ । भारतले अर्थतन्त्रको दिर्घकालिन विकासमा योगदान दिन सक्ने क्षेत्रमा केन्द्रित हुनुपर्ने र राज्य कोषको घाटा कम गर्न पनि विशेष ध्यान दिनुपर्ने सुझाव पनि आइएमएफ प्रमुख जार्जिवाले दिएकी छिन् ।

आइएमएफको प्रतिवेदन प्रति भारतीय अर्थमन्त्री निर्मला सितारमणले भने असहमति राखेकी छिन् । आइएमएफ र विश्व बैंकको बार्षिक बैठकमा सहभागी हुन अमेरिका पुगेकी सितारमणले भारतीय अर्थतन्त्रको विकासबारे आइएमएफको प्रतिवेदन प्रति असहमति राखेकी हुन् । सितारमणले भारतीय अर्थतन्त्र संसारकै तिब्रत्तर विकासको गतिमा अघि बढिरहेको दावी गरेकी छिन् । ‘आइएमएफको प्रतिवेदनले जे भने पनि भारत संसारकै तिब्र आर्थिक विकास गर्ने देशहरुमध्येको एक हो, हामी आफ्नो अर्थतन्त्रको विकासलाई बढाउन कुनै बाँकी राख्दैनौं’, सितारमणले भनिन् ।

किन भयो भारतीय अर्थतन्त्र कमजोर ?
आइएमएफका अनुसार केहि गैर वित्तिय संस्थाहरुको कमजोरीका कारण भारतीय अर्थतन्त्रको वृद्धिदरमा असर गरेको हो । त्यसले उपभोक्ताको क्रय शक्ति र मध्यमस्तरको व्यवसाय गर्नेहरुको कर्जा लिने क्षमतामा समेत असर गरेको छ ।

Advertisement

Advertisement

Advertisement