उद्यमशीलताको विकासका लागि सहकारीको डेरी

Advertisement

पोखरा । शेयर सदस्यमा उद्यमशीलताको विकास गर्दै आयआर्जनतर्फ उन्मुख गराउने लक्ष्यका साथ पोखरा महानगरपालिका–३२ स्थित इन्द्रबराह कृषि सहकारी संस्थाले दूध डेरी सञ्चालनमा ल्याएको छ ।

डेरी सञ्चालनसँगै गाई, भैंसीपालनतर्फ आकर्षण बढ्दै जाने र घरघरमा उत्पादित दूधको बजारीकरणमा सहयोग पुग्ने विश्वास लिइएको सहकारीका अध्यक्ष बुद्धिप्रसाद अधिकारीले बताए । डेरीको शुभारम्भ कार्यक्रममा पोखरा महानगरपालिका–३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले सहकारीले शेयर सदस्यलाई लाभान्वित हुने गरी योजना ल्याएर कार्यान्वयन गर्नसके सहकारीप्रतिको विश्वास अभिवृद्धिका साथै उनीहरूलाई पनि उत्पादनतर्फ आकर्षित गर्ने बताए ।

सहकारीले आफ्नो हैसियतअनुरुप कारोवार गर्नुपर्नेमा जोड दिँदै उहाँले महानगरपालिकाले कृषि क्षेत्रमा रकम विनियोजन गरेकाले यस सम्बन्धित योजना बनाएर पेश गर्न आग्रह गरेका छन् । कार्यक्रममा समाजसेवी टीकाराम पङ्गेनी, हिमाल डेरीका सञ्चालक शिवहरि आचार्य, सहकारीका सचिव अमृत सापकोटालगायतले डेरी सञ्चालनसँगै दूध उत्पादनतर्फ आकर्षण बढ्दै यसले स्थानीयको आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । रासस

Advertisement

Advertisement

Advertisement