यसरी बन्दैछ उपत्यकाको फोहर ५० वर्ष बोक्ने बञ्चरे डाँडा ल्याण्डफिल साइट (भिडियोसहित)

Advertisement

काठमाडौं । काठमाडौं उपत्यकाका १८ वटा स्थानीय तहका बासिन्दाले उत्सर्जन गरेको फोहर ५० वर्षसम्म फाल्न मिल्ने बञ्चरे डाँडा स्यानिटेरी ल्याण्डफिल साइटको निर्माण धमाधम अघि बढिरहेको छ ।  शहरी विकास मन्त्रालयले ३४ करोड ६८ लाख ७४ हजार ८ सय ९५ रुपैंयामा ठेक्का लगाएर निर्माण अघि बढाएको छ । एक हजार ७ सय १९ रोपनी जमिनमा ल्याण्डफिल साइट निर्माण भैरहेको छ । दशैं अगावै फोहर फ्याक्न मिल्ने गरि निर्माण अघि बढाईएको भएपनि स्थानीय अवरोध र सिसडोलको फोहरका कारण सडक अवरुद्ध भएपछि केहि ढिला भएको शहरी विकास मन्त्री मोहम्मत इस्तियाक राईले बताए ।

धादिङ धुनीबेंसी नगरपालिका– १ का केही भाग र नुवाकोट ककनी गाउँपालिका २ र ३ का केही भूभाग पर्छ । २०७६ वैशाख २२ मा लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभीलाई एक वर्षमा काम सम्पन्न गर्ने गरेर ठेक्का सम्झौता गरिएको थियो । मन्त्रिपरिषद्को विसं २०७५ मङ्सिर १७ गतेको बैठकले शहरी विकास मन्त्रालयलाई पूर्वाधार निर्माणको जिम्मेवारी दिने निर्णय गरेको थियो । सो मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले ठेक्का सम्झौतामार्फत काम अघि बढाएको हो । विसं २०६२ देखि काठमाडौं महानगरपालिकासहित उपत्यकाका सबै स्थानीय तहहरुको फोहर सिसडोलमा फालिँदै आईएको छ । काठमाडौँ महानगरपालिकाले मात्रै दैनिक ३५० मेट्रिक टन फोहर आफैँ सङ्कलन गरेर सिसडोलमा व्यवस्थापन गर्दै आएको छ । ललितपुर महानगरपालिकाले दैनिक ४० देखि ५० मेट्रिक टन फोहर सङ्कलन गर्ने गरेको छ ।

बञ्चरेमा करीब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहर विसर्जनस्थल निर्माण गर्ने जिम्मा सो मन्त्रालयलाई दिएको थियो । बञ्चरे डाडाँमा निर्माण हुने स्यानिटेरी ल्याण्डफिल साइटले उपत्यकाको फोहर ५० वर्षसम्म धान्न सक्छ । वातावरण मैत्री हुने भनिएको ल्याण्डफिल साइट निर्माण पछि निजी क्षेत्रसँग मार्फत फोहर व्यवस्थापनको काम अघि बढाईनेछ । निजी क्षेत्रले उपयोग गर्न मिल्ने फोहरलाई उपयोग गरेर अर्थाेपार्जन गर्नेछ भने बाँकी फोहरलाई निर्मलीकरण गर्नेछ ।

Advertisement

Advertisement

Advertisement