चारैतिरबाट चर्को आलोचना भएपछि देउवाले आफ्नो भनाई सच्याउँदै विज्ञप्ति जारी गरे

Advertisement

काठमाडौं । आफ्ना नेता एवं साँसद मोहमद आफ्ताव आलममाथि रौतहट हत्याकाण्डबारे छानविन गर्न प्रहरीले पक्राउ गरेको विषयमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूले बालेको कुरा सुधार गरेका छन् ।

देउवाले शुक्रबार भक्तपुरको एक कार्यक्रममा आलममाथि १२ बर्ष पूरानो घटनालाई लिएर पक्राउ गरिनु गलत भएको र लोकतन्त्रमाथि नियोजित षडयन्त्रको रुपमा आलमलाई पक्राउ गरिएको भन्दै अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्ति सञ्चार माध्यममा आएसँगै चारैतिरबाट चर्को आलोचना भएपछि उनले विज्ञप्ति जारी गरेर आफ्नो भनाई सच्याएका छन् ।

देउवाले विज्ञप्तिमा भनेका छन्, ‘कुनै पनि गम्भीर मुद्दामा प्रक्रियागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने वा दोषी ठहर हुने सत्यतथ्य अन्वेषण गर्ने कार्यमा बाधा पुग्छ नै । १२ बर्ष पूरानो मुद्दामा मैले यही संकेत गर्न खोजेको हुँ ।’



देउवाको शुक्रबार अभिव्यक्तिको सामाजिक सञ्जालदेखि सार्वजनिक कार्यक्रमहरुको समेत निकै आलोचित भएपछि सोही पार्टीका लोकप्रिय युवा नेता गगन थापाले पनि सामाजिक सञ्जालमा यस विषयमा आफ्नो भनाई सार्वजनिक गरेका छन् । उनले देउवाको अभिव्यक्ति व्यक्तिगत भएको भन्दै जुनसुकै व्यक्ति भए पनि दोषीलाई कारवाही हुनुपर्ने बताएका छन् ।

Advertisement

Advertisement

Advertisement