एभरेष्ट बैंकले गर्यो रजत जयन्ती कार्यक्रमको आयोजना

Advertisement

काठमाडौं । एभरेष्ट बैंकले स्थापनाको २५औं वार्षिकोत्सव अर्थात रजत जयन्ती मनाएको छ। बैंकले शुक्रबार लाजिम्पाटस्थीत प्रधान कार्यलयमा नर्भिक इन्टरनेशनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमहरुको आयोजना गरेको छ ।

बैंकले रक्तदान कार्यक्रम, निशुल्क स्वास्थ्य जाँच तथा नर्भिक अस्पतालका डाक्टर यादव भट्टसँग टक सो सञ्चालन गरेको थियो। समारोहमा बोर्ड अफ डिरेक्टर, प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ अधिकारीहरुको उपस्थीति रहेको थियो ।

१ हजारभन्दा बढीको उपस्थीति रहेको उक्त कार्यक्रममा करिब १ सय जनाले रक्तदान गरेका थिए । सोही कार्यक्रममा बैंकले स्थापनाकालदेखि नै सेवा पुर्याइरहेका कर्मचारीहरुलाई सम्मानित गरेको छ ।

हालै बैंकका देशभर ९४ शाखा कार्यलयहरु, ३० राजस्व संकलन केन्द्र, १२२ एटिएम तथा विश्वभरका करेश्पोन्डेटमार्फत व्यवसायिक र प्रभावकारी बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ। २०१९ मा न्यू बिजनेश एजले एभरेष्ट बैंकलाई ‘बेस्ट म्यानेज्ड कमर्सियल बैंक २०१९’ को उपाधि दिइएको छ

Advertisement

Advertisement

Advertisement