नेपाल औषधि व्यवसायी सङ्घको अध्यक्षमा साह चयन

Advertisement

जनकपुर । नेपाल औषधि व्यवसायी सङ्घ धनुषा जिल्लाको सम्पन्न प्रथम अधिवेशनले सत्यनारायण साहलाई शाखाको अध्यक्ष पदमा चयन गरेको छ । चयन हुने अन्य पदाधिकारीमा उपाध्यक्षमा रामनाथप्रसाद साह, महासचिवमा तेजनारायण चौधरी, कोषाध्यक्षमा विजयकुमार साह र सचिवमा सरोज राययादव रहेका छन् ।

त्यस्तै, उपकोषाध्यक्षमा मणिशङ्करप्रसाद साह तथा सदस्यमा विनोद पजियार, चन्द्रभूषणप्रसाद साह र शिवकुमार साह चयन भएका छन् । सङ्घका निर्वाचन अधिकृत किशोरी साहका अनुसार प्रारम्भमा विभिन्न पदमा २६ जनाले उम्मेदवारी दर्ता गराएकोमा १७ जनाले उम्मेदवारी फिर्ता लिएकाले आवश्यक पद सङ्ख्यामा मात्र निर्वाचनका लागि मनोनयनपत्र दर्ता रहन गएकाले उनीहरू निर्विरोध निर्वाचित भएका हुन् ।

Advertisement

Advertisement

Advertisement