देशभर चीसो बढ्दै गर्दा हल्का वर्षाको सम्भावना

Advertisement

काठमाडौं । देशभर तापक्रम ओरालो लागिरहेको छ । कतिपय स्थानहरुमा आकाशमा बादल लागेकाले घाम मलिनो लागेको छ । पश्चिमबाट आएको पश्चिमी वायुले नेपालको मौसममा आंशिक प्रभाब देखिएको छ ।

हाल देशैभरि सामान्य देखि पूर्ण बदली रहेको छ । चीसो बढ्ने प्रकारको हल्का वर्षा पनि केही दिनयता भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदलि रहि देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार सोमबार देशको मध्य तथा पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भुभागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी पहाडका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातीस् देशका पहाडी भु(भागमा आंशिक देखि सामान्य बदली रही बाकी भु(भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू(भागका एक(दुई स्थानहरूमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

राती देशभर सामान्य बदलि रहि मध्य र पुर्वका थोरै स्थानमा र पश्चिमका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

Advertisement

Advertisement

Advertisement