तीन सय विद्युतीय बसहरु खरिद गर्न साझाले अघि बढाएको प्रक्रिया मन्त्री महासेठले रोके

Advertisement

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विद्युतीय बस खरिदका लाग साझा यातायातले अघि बढाएको प्रक्रिया रोक्न निर्देशन दिएको छ । सरकारले नै तीन अर्ब रुपियाँ अनुदान दिएर खरिद प्रक्रिया अघि बढेको बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको निर्देशनमा एक्कासी प्रक्रिया रोक्न भनिएको हो ।

मन्त्रालयले साझालाई पत्र लेख्दै विद्युतीय बस खरिदको प्रक्रिया अघि नबढाउन निर्देशन दिएको साझाका अधिकारीहरुले मिडियालाई जानकारी दिएका छन् । तर, किन रोक्न भनिएको हो ? पत्रमा खुलाइएको छैन् । सरकार आफैले बाताबरणमैत्री तीन सय बर्षहरु खरिद गर्ने निर्णय गरेपनि पछि ती बसहरु खरिद गर्ने जिम्मा साझालाई दिएको थियो । प्रक्रिया अघि बढेपछि मन्त्री महासेठले यसलाई रोक्न एक्कासी पत्र पठाउन लगाएका हुन् ।

Advertisement

Advertisement

Advertisement